अर्थ

क्यु पे मोबाइल वालेट सेवा नेपालमा

काठमाडौं– क्यु पे मोबाइल वालेट सेवा नेपालमा सुरु भएको छ। यसमा क्युआर डाउनलोड गरेर डिजिटल भुक्तानको सुविधा पाउन सकिनेछ।

क्यु पे प्रालिले राष्ट्र बैंकको अनुमतिमा चिनियाँ कम्पनी युनियन पे इन्टरनेशनलसँग नेपालमा मोबाइल कारोबारमा सहकार्य गरेर सेवा सुरु गरेको हो। मंगलवार राजधानीमा पत्रकार सम्मेलन गरी क्यु पे मोबाइल वालेट सेवाबारे जानकारी दिइयो।

क्यु पे नेपालमा सुरू गरिएको मोबाइल वालेट सुविधा हो। युनियन पे इन्टरनेशनलले उच्चस्तरीय, प्रभावकारी मूल्य तथा क्रस बोर्डर सुरक्षित भुक्तानको सेवा उपलब्ध गराउँदै आएको छ। नेपालमा पनि क्यु पे मार्फत यी सेवा दिनेछ। 

क्यु पेमा सिनेमा, रेष्टुरेण्ट, सपिङ, सवारी लगायतका उपभोग्य सेवाको भुक्तानी क्युआर स्क्यान गरेर गर्न सकिनेछ। क्युआरका लागि क्यु पेको एप्लिकेसन डाउनलोड गर्नुपर्छ युनियन पेको कार्ड भएका चिनियाँ पर्यटकहरू नेपाल घुम्न आउँदा क्युपेको माध्यमबाट भुक्तान गर्न सक्छन्।

प्रकाशित: २५ मंसिर २०७५ १५:१८ मंगलबार

क्यु_पे_मोबाइल_वालेट_सेवा डिजिटल_भुक्तान