अर्थ

दककमा गरिमा विकास बैंक

काठमाडौं – गरिमा विकास बैंक लिमिटेडले मंगलबार झापाको दमकमा शाखा खोलेको छ। उक्त शाखाको उद्घाटन दमक नगरमालिकाका मेयर रामनाथ ओलीले गरेको बैंकले जनाएको छ।

अब झापा, मोरङ र सुनसरीमा यस बैंकको शाखा संख्या नौ पुगेको प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले बताएका छन्।

गरिमा राष्ट्रिय स्तरको विकास बैंक हो। काठमाडौंको लाजिम्पाटमा केन्दीय कार्यालय रहेको यस बैंकको काठमाण्डौंमा आठसहित देशभर ६६ शाखा र १५ वटा एटिएम सञ्चालनमा छन्।

छिट्टैनै पर्साको वीरगन्ज, चितवनको टाँडी र मिलनचोक, दाङको तुलसीपुर, बाँकेको कोहलपुर, कञ्चनपुरको महेन्द्रनगर, कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङको बेसीसहरमा शाखा खोल्ने योजना रहेको बैंकले जनाएको छ। सोमबारसम्म यो बैंकले २४ अर्ब ७५ करोड निक्षेप संकलन गरी २१ अर्ब ५० करोड कर्जा लगानी गरेको जनाएको छ।

प्रकाशित: १२ मंसिर २०७५ ०४:०३ बुधबार

गरिमा_विकास_बैंक दमक शाखा