अर्थ

नेट टिभीको एकमा अर्को एक सित्तैमा

काठमडौं – नेट टिभी मोबाइल एपले दसैं अफर सार्वजनिक गरेको छ । एनआइटिभी कर्पोरेसनको प्रस्तुति रहेको करिब १० लाख उपभोक्ता रहेको नेटटिभी गुगल प्लेस्टोर र एप्पलको एप स्टोरमा उपलब्ध छ।

यो अफरअन्तर्गत एक महिनाको प्रिमियम प्याक खरिदमा अर्को एक महिना सित्तैमा टिभी हेर्न पाइनेछ।

मोबाइल फोनमा जहाँ र जहिलेसुकै सजिलै नेपाली, हिन्दी, अंग्रेजी तथा अन्य भाषाका टेलिभिजन प्रत्यक्ष हेर्न सकिने नेटटिभीले दसैंको अवसर पारेर नेपाली, हिन्दी र अंग्रेजी चलचित्र प्रदर्शन गराउने जनाएको छ। २४ रुपैयाँ ९९ पैसादेखि निःशुल्क नेपाली, हिन्दी र अंग्रेजी चलचित्रको मज्जा सेवाग्राहीले नेटटिभीको एपमा लिन सक्ने जनाएको छ।

प्रकाशित: २६ आश्विन २०७५ ०६:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App