अर्थ

रिडीखोलाको ६ प्रतिशत बोनस सेयर

काठमाडौं – रिडीखोला कम्पनीको १७औं वार्षिक साधारणसभा आइतबार भएको छ । सभाले सेयरधनीलाई ६ प्रतिशतका दरले बोनस सेयर र सोमा लाग्ने करका लागि ०.३१५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ।

सभाले १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पारित गरेको छ । कम्पनीमा संस्थापक तथा सर्वसाधारण सेयरधनी रहेकोमा दुवैलाई एकै प्रकारका सेयरधनी हुने गरी पाँचजनाको सञ्चालक समिति निर्वाचित गरेको छ। निर्वाचित सञ्चालकमा बच्छराज तातेड, गुरुप्रसाद न्यौपाने, कुवेरमणि नेपाल, रमेशप्रसाद न्यौपाने रसाइका भण्डारी रहेको जारी विज्ञप्तिमा उल्लेख छ।

हकप्रद सेयर जारी गरी प्राप्त हुने रकम कम्पनीले निर्माण गर्न लागेको ८.५ मेगावाट क्षमताको ग्रिड कनेक्टेड बुटवल सौर्य आयोजनामा लगानी गरिनेछ । बुटवल सौर्य आयोजना २०७५ साल चैत मसान्तभित्र सम्पन्न गर्ने लक्ष्यले काम सुरु भएको छ । त्यसैगरी कम्पनीले रिडीखोला आयोजना क्षेत्रमा नयाँ एक मेगावाट क्षमताको सौर्य आयोजना निर्माण गर्न विद्युत् खरिद बिक्री सम्झौताको लागि नेपाल विद्युत् प्राधिकरणमा निवेदन दिएको छ।

प्रकाशित: २२ आश्विन २०७५ ०७:०४ सोमबार

रिडीखोला_कम्पनी सेयर