अर्थ

आयार्च सम्मानित

काठमाडौं – डिटिएम रन्जित आचार्यको लागि टोस्टमार्टस सञ्चारको लागि खुल्ला विश्वविद्यालय हो, जहाँ उनी निक्कै उत्सुक शिक्षार्थीको रुपमा परिचित भएका छन्। फलस्वरुप २०१८ अगस्टमा सिकागोमा आयोजित टोस्टमास्टर अन्तर्राष्ट्रिय सम्मेलनमा आचार्यलाई प्रेसिडेन्सियल सिटेसनद्वारा सम्मान गरिएको छ।

सम्मान कार्यक्रममा संगठनलाई निरन्तर सहयोग तथा योगदान गर्ने मानिसको सहभागिता रहेको थियो। प्रेसिडेन्सियल पुरस्कारको लागि उक्त संगठनमा विशेष योगदान पु¥याएका मानिसको नाम छनोट गरिन्छ।

डिटिएम आचार्यले ११९७ मा काठमाडौं टोस्टमास्टर्स क्लबबाट आफ्नो यात्रा सुरु गरेका हुन् । उनले २००४ मा दोस्रो क्लबको रुपमा एभरेस्ट टोस्टमास्टर्स क्लब स्थापना गरेका थिए।

प्रकाशित: २२ आश्विन २०७५ ०६:५२ सोमबार

रन्जित_आचार्य सम्मानित