अर्थ

एनसेलका विजेतालाई नगद

काठमाडौ – एनसेलले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक ‘रिचार्ज एन्ड विन’अफर अन्र्तगत दोस्रो हप्ताका विजेतालाई नगद पुरस्कार वितरण गरेको छ।

‘रिचार्ज एन्ड विन’ १० हप्तासम्म चल्ने अफर हो । दोस्रो हप्ताका विजेता लक्की ड्रमार्फत छानिएको कम्पनीले जनाएको छ।

एनसेलका चिफ स्ट्राटिजी अफिसर इरविनएम युसुफले नुवाकोटका कृष्णाकुमारी थापा र तनहुँका अर्जुन परियारलाई बिहिबार जनही एक–एक लाख नगद पुरस्कार प्रदान गरेका हुन्।

सोही कार्यक्रममा युसुफले पहिलो हप्ताका अन्य तीनजना विजयी ग्राहकलाई पनि नगद पुरस्कार प्रदान गरे। धादिङका रामहरि अर्याल, चितवनका राजकुमार गुरुङ र कुशल गुरुङले पहिलो हप्ताको एक–एक लाख रुपैयाँ पाए।

यो योजनामा हप्ताभर एक सय वा सोभन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले नगद पुरस्कार जित्ने अवसर छ।

प्रकाशित: ५ आश्विन २०७५ ०५:४७ शुक्रबार

एनसेल चाडपर्व_अफर रिचार्ज