अर्थ

सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ। उक्त सम्झौतामा सन नेपालका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र जनता बैंकका प्रमुख कार्यकारी अधिकृत पर्शुराम कुँवर क्षेत्रीले हस्ताक्षर गरेका छन्।

अब जनताका ग्राहकले बिमा शुल्क भुक्तानी गर्न, बिमालेख लिन तथा बिमा दाबी भुक्तानी सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्सबाट प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका विभिन्न बिमालेख जनता बैंकका शाखामार्फत उपलब्ध हुनेछ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कारोबार सुरु गरेको ९ महिनामा २०७५ असार मसान्तसम्ममा वैदेशिक रोजगार बिमा बाहेक विभिन्न ११ प्रकारका बिमा योजनामा ९८२१ पोलिसी बिक्री गरी कुल २९ करोड ६९ लाख ७५ हजार ६ सय ६५ रुपैयाँ प्रिमियम संलकन गरेको जनाएको छ।

प्रकाशित: १ आश्विन २०७५ ०६:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App