अर्थ

एनएमबिको तलब खातामा उत्साह

काठमाडौं – तलबी कर्मचारीलाई लक्षित गर्दै सर्वाधिक ब्याजदर दिने गरी ल्याइएको एनएमबि तलब खाताले देशभर उत्साह जगाएको बैंकले जनाएको छ। 

‘सात प्रतिशतको उच्च ब्याज दर दिइने यस खातामा बैंकले विभिन्न सुविधा  निःशुल्क उपलब्ध गराएको छ, जसमध्ये एक एनएमबि डिलाइट कार्ड पनि हो,’ बैंकको विज्ञप्तिमा भनिएको छ । यसबाट खातावालले देशभर छरिएर रहेका जुनसुकै बैंकको एटिएमबाट पैसा झिक्दा शुल्क नलाग्नुका साथै पाँच लाखसम्मको दुर्घटना बिमा सुविधा पाउने बैंकको विज्ञप्तिमा उल्लेख छ। 

नेपाल सरकारको ‘हरेक कर्मचारीको एक तलब खाता’ हुनुपर्ने नियम राजपत्रमा प्रकाशित गरेर अनिवार्य भएसँगै आकर्षक सुविधासहित तलब खाता ल्याउने एनएमबि पहिलो बैंक हो। 

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:२३ सोमबार

एनएमबि_बैंक तलबी_कर्मचारी