अर्थ

नेपालमै पहिलो पटक यति बाइक रेस

काठमाडौं – नेपालमा पहिलोपटक ६ जना विदेशी नागरिकले यति बाइक रेसमा सहभागिता जनाएका छन्।

साहसिक पर्यटनमा विश्वप्रसिद्ध फ्रेन्च नागरिक एपोलोको संयोजनमा ६ जना विदेशीले बेसीसहर, मुक्तिनाथ, बेनी हुँदै पोखरासम्म बाइक रेस सम्पन्न गरी शनिबार काठमाडौं फर्किएको बाइक रेसको व्यवस्थापन गरेको कम्पनी मकालु एड्भेञ्चर प्रालिका प्रबन्ध निर्देशक मोहन लम्सालले बताए।

शनिबार आयोजित एक कार्यक्रममा रेसका विजेता र सहभागीलाई प्रबन्ध निर्देशक लम्साल र संयोजक एपोलोले ट्रफी र मेडल हस्तान्तरण गरे । आगामी वर्षदेखि हरेक सेप्टेम्बर १५ मा विश्वभरबाट सहभागी बोलाएर यति बाइक रेस आयोजना गर्ने लम्सालले बताए।

बाइक रेस प्रतियोगितामार्फत नेपालको पर्यटनमा नयाँ प्रडक्ट स्थापित गराउने र विश्वभर नेपालको प्रचार–प्रसार गर्ने उद्देश्यले यो रेस आयोजना गरिएको लम्सालको भनाइ छ । आगामी वर्ष कम्तीमा ५० विदेशीलाई यो प्रतियोगितामा सहभागी गराउने लम्सालले बताए।

 

 

प्रकाशित: २५ भाद्र २०७५ ०७:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App