अर्थ

मोरङमा रासायनिक मल पर्याप्त

विराटनगर – मोरङमा रासायनिक मल पर्याप्त मात्रामा मौज्दात छ। वर्षे धानबालीका लागी रासायनिक मलको अभाव नभएको साल्टट्रेडिङ  कर्पोरेशन लिमिटेडको कार्यालय विराटनगरले जनाएको छ।

कार्यालयले मोरङका अतिरिक्त सुनसरी, झापा, सप्तरी र सिराहामा रासायनिक मल वितरण गर्छ। वर्षे धानबालीका लागि मोरङमा ५० हजार ७१ बोरा युरिया खपत भएकामा अरु जिल्लामा ४० हजार ३६० वितरण भई ९ हजार ७३ बोरा मौज्दात रहेको भण्डारण शाखाका कर्मचारी दिलचन्द्र राईले जानकारी दिए। 

डिएपी मल २१ हजार ६० बोरा खपत भएको थियो। मोरङ बाहेक अन्य जिल्लामा डिएपी २ हजार २६० बोरा वितरण गरिएको थियो भने अझै १८ हजार ३६९ बोरा मौज्दात रहेको राईले बताए।

गैरअनुदान रासायनिक मल अल्मुनियम सल्फेट मोरङमा १ हजार ३३२ बोरा खपत भई अरु जिल्लामा ६ हजार २७० वितरण गरिएको थियो। हाल सो मल १० हजार ५५७ बोरा मौज्दात रहेको छ।  (रासस)

 

प्रकाशित: ८ भाद्र २०७५ १०:३२ शुक्रबार

मोरङ रासायनिक_मल