अर्थ

टोखामा सिटिजन्स बैंक

काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले टोखामा शाखा खोलेको छ । बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ कारोबार सुरु गरेर सो शाखा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ। 

उक्त कार्यक्रममा स्थानीय निकायका प्रतिनिधि, उद्योगी, व्यापारी, विभिन्न संघ–संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाको बाक्लो उपस्थिति थियो। 

यो शाखामार्फत सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य बैंकले राखेको छ। 

उक्त शाखाबाट सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, लकर सेवा, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायत वित्तीय सेवा छिटो, छरितो ग्राहकलाई प्रदान गर्ने जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले ७९ शाखा, ७१ एटिएम र ९९ शाखारहित बैंकिङ एकाइबाट सेवा दिइरहेको जनाएको छ। 

 

प्रकाशित: ३० श्रावण २०७५ ०४:५९ बुधबार

#सिटिजन्स बैंक #टोखा