अर्थ

गोलभेँडा भारत निकासी खुल्यो

पाँचथर - एक महिनादेखि भारत निकासि ठप्प रहेको गोलभेँडा निकासि सुरु भएको छ। भारतीय पक्षले निकासि हुने सूचिमा गोलभेडा नपरेको भन्दै रोकेपछि पूर्वी पहाडका विभिन्न जिल्लामा उत्पादन भएको गोलभेडाको विक्रि वितरण प्रभावित भएको थियो।

संघीय सरकार र प्रदेश सरकारको पहलमा गोलभेँडा निकासि सुरु भएको प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्रि इन्द्र बहादुर आङ्बोले जानकारी दिए। ‘तत्काललाई किसानले फलाएको गोलभेँडा विक्रि गर्नका लागि नाकाबाट निकासी हुने प्रबन्ध मिलाईएको छ। गोलभेँडा निकासि सुरु हुन थालेको छ’ आङ्बोले नागरिकसँग भने ‘सूचिमा पार्नका लागि वाणिज्य मन्त्रालयका सहसचिवको नेतृत्वमा रहको समितिले काम अघि बढाएको छ । निकटमा पनि सूचिमा पर्ने छ । हाललाई समस्या समाधन भएको छ।’  योसँग आन्तरीक खपत बढाउने प्रयास पनि थालेको उनले जानकारी दिए। केहि दिन अघि बजार प्रवर्धन तथा निकासी केन्द्रको एक टोली आएर किसानको समस्या बुझेको थियो।

निकासी खुलेसँगै गोलभेँडाको मूल्यमा वृद्धि हुनुका साथै व्यापार बढेको छ। निकासी खुलेको जानकारी प्राप्त भएको राष्ट्रिय कृषक समूह महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेलले जानकारी दिए। भारत निकासि रोकिंदा सस्तो मूल्यमा विक्रि हुनुका साथै कतिपय किसानको बारीमा कुहिहेको थियो। निकासी सुरु भएपछि किसानलाई राहत पुग्ने पोखरेल बताउँछन्। अहिले किसानको बारीमा प्रतिकेजी नौँ रुपैँयाले किन्न सुरु गरीएको व्यापारी राजेश दाहालले जानकारी दिए। यस अघि प्रतिकेजी ३ रुपैँयामा खरिद हुने गर्थ्यौ। ३ रुपैँया भएपछि किसानहरुले टिप्ने खर्च पनि नउठ्ने भन्दै विक्रि रोकेका थिए।

निकासी रोकिएपछि निराश बनेका किसान गोलभेँडा भारत जाने खवरले खुसि देखिएका छन्। व्यवसायी खेती हुने जिल्लाको याङवरक, हिहिहाङ गाँउपालिका किसानहरुको बगानबाट यो बर्ष १३ करोड भन्दा बढिको आम्दानी हुने अनुमान गरीएको थियो।  गोलभेडाँ खुलेकाले अब किसानको समस्या समाधान हुने अवस्था पुगेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए। किसानले जानकारी छिटो भन्दा छिटो लैजाने पहल भएको उनले बताए। गोलभेडाको निकासि भएपछि बढ्ने मूल्य किसानले पाउन भनेर पहल थालिएको उनले जानकारी दिए।

प्रकाशित: २१ श्रावण २०७५ ०९:१४ सोमबार

गोलभेँडा निकासी