अर्थ

केएल टावरमा शनिबारदेखि मोबाइल मेला

काठमाडौं – चाबहिलस्थित केएल मोबाइल हबले जिरो डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्रान्डका मोबाइल उपलब्ध गराउने भएको छ।

शनिबारदेखि दुई साता चल्ने मेलामा जुनसुकै ब्रान्डका जुनसुकै मोबाइल शून्य प्रतिशत डाउन पेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा किन्न सकिने छ । ग्राहकले मोबाइलको ब्रान्ड र मूल्य अनुसार ६ महिना, एक वर्ष र १८ महिनाको किस्ताबन्दी सुविधा पाउने हबका बिक्री प्रबन्धक सन्दीप उप्रेतीले जानकारी दिए।

उनका अनुसार मेला अवधिमा हबमा पुरानो मोबाइलसँग नयाँ मोबाइल साट्न पनि सकिनेछ । केही ब्रान्डका मोबाइल शून्य प्रतिशत डाउन पेमेन्टमा समेत किन्न सकिने मेलामा १० देखि ५० प्रतिशतसम्मको डाउन पेमेन्टमा मोबाइल किन्न सकिन्छ ।

प्रकाशित: १८ श्रावण २०७५ ०१:२० शुक्रबार

केएल टावरमा शनिबारदेखि मोबाइल मेला