अर्थ

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी

काठमाडौ– धितोपत्र बोर्डले सामूहिक लगानी कोषहरूले सीमा भन्दा धेरै बैंकमा निक्षेप जम्मा गरेको भन्दै विभन्न लगानी कोषका ५ व्यवस्थापक कम्पनीलाई कारबाही प्रकृया अगि बढाएको छ। ती कम्पनीले बैंकहरूमा निक्षेपका रूपमा कुल कोषको १० प्रतिशतभन्दा धेरै जम्मा गर्न नपाउने व्यवस्था छ।

बोर्डले सिबिआइएल क्यापिटल, एनएमबि क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, र एनआईसी एसिया क्यापिटललाई ‘कारबाही किन नगर्ने’ भन्दै पत्राचार गरिएको छ।

समूहिक लगानी कोष कोष नियमावली, २०६७ को नियम ३६ को उपनियम १ को खण्ड ङ मा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने उल्लेख छ ।  स्पटीकरण सोधिएकमा सिटिजन म्युचुअल फण्ड अन्तर्गतको सिटिजन म्युचुअल फण्ड–१ को योजना व्यवस्थापक सि.वि.आइ.एल. क्यापिटल., एनएमबि म्युचुअल फण्डअन्तर्गत एनएमबि सुलभ इन्भष्टमेन्ट फण्ड–१ र एनएमबि हाइब्रिड फण्ड–१ को योजना व्यवस्थापक एनएमबि क्यापिटल छन् । त्यसैगरी लक्ष्मी म्युचुअल फण्डअन्तर्गतको लक्ष्मी इक्विटीफण्ड र लक्ष्मीभ्यालु फण्ड–१ को योजना व्यवस्थापक लक्ष्मी क्यापिटल मार्केट र एनआइसी एसिया म्युचुअल फण्डअन्तर्गतको एनआइसि एसिया ग्रोथ फण्डको योजना व्यवस्थापक एनआइसि एसिया क्यापिटलद्वारा सञ्चालित योजनाले बोर्डमा पेश गरेको मासिक खुद सम्पत्ति सम्बन्धी विवरणअनुसार योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा तोकिएको सीमाभन्दा बढी हुने गरी लगानी गरेको देखिएको बोर्डको भनाई छ ।

यसका लागि बोर्डले स्थलगत निरीक्षण गर्दा यस्तो नियम उल्लंघन गरेको पाइएकाले १५ दिनभित्र स्पटीकरण पेश गर्न कम्पनीहरूलाई निर्देशन दिएको हो ।

 

प्रकाशित: ११ श्रावण २०७५ ०९:०३ शुक्रबार

सामूहिक लगानी कोष योजना व्यवस्थापकलाई कारबाही गर्ने तयारी