अर्थ

सानिमा बैंकको महिला ग्राहकलाई विशेष उपहार

काठमाडौं– सानिमा बैंकले साउन महिनाको हरेक सोमबार बचत खाता खोल्ने महिला ग्राहकलाई विशेष उपहार दिने योजना ल्याएको छ।

यो योजना अन्तर्गत सानिमा बंैकको मुख्य कार्यालय नक्साल लगायत देशभरका ७३ शाखाबाट महिला ग्राहकलाई विशेष उपहार प्रदान गरिनेछ ।यो योजना साउन महिनाभर चल्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बैंकले आर्थिक अवस्था कमजोर भएका महिलालाई उपचारका लागि प्रतिव्यक्ति २० हजार रुपैयाँमा नबढ्ने गरी सहयोग गर्दै आएको जनाएको छ।  

यसका लागि बैंकले पाटन अस्पतालसँग सहकार्य गरी आर्थिक सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रकाशित: ८ श्रावण २०७५ ०१:०३ मंगलबार

सानिमा बैंकको महिला ग्राहकलाई विशेष उपहार