अर्थ

वृज सिमेन्टद्वारा कीर्तिमानी शेर्पालाई सम्मान

काठमाडौं– वृज सिमेन्ट इन्डस्ट्रिज प्रालिले कीर्तिमानी पर्वतारोही कामीरिता शेर्पालाई बधाई तथा सम्मान गरेको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको २२औं पटक सफल आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल भएकोमा शेर्पालाई वृज सिमेन्ट तथा पुष्पतारा केडिया सेवा संस्थाले बधाई सहित सम्मान गरेको हो।

शेर्पाले आगामी वर्ष सगरमाथा कथा यात्रा २०१९ आयोजना गर्न लागेका छन् । उनले सगरमाथा वरिपरिका बस्तीमा यात्रा गरी सो हिमाली भेगका कथा संकलन गर्ने उद्देश्यका साथ उक्त यात्रा अगाडि बढाउन लागेको तथा वृज सिमेन्ट र पुष्पतारा केडिया फाउन्डेसनले सहकार्य गर्ने जनाएको छ ।सगरमाथा वरिपरिका बस्तीहरु (विशेष गरी, शेर्पा समुदाय) को सांस्कृतिक, आर्थिक, सामाजिक तथा मौलिक कथा विश्वसामु चिनाउनु यस यात्राको मुख्य उद्देश्य रहनेछ ।

प्रकाशित: २२ असार २०७५ ०१:२९ शुक्रबार

वृज सिमेन्टद्वारा कीर्तिमानी शेर्पालाई सम्मान