अर्थ

परिश्रमले उद्यमी बनेका महिला

काठमाडौ - सल्यानकी ३२ वर्षीया हन्ना ताम्राकारलाई पाँच बर्ष अघिसम्म परिवारको आर्थिक गुजारा चलाउन मुस्किल थियो । उद्यमी बनेपछि उनको जीवनमा पुरै परिवर्तन भएको छ ।

सानो लगानीमा कृषि उद्यम फस्टाएपछि उनको जीवनमा अहिले उनको जीवनमा अहिले पुरै फेरिएको छ । ‘दैनिक गुजारा चलाउन हम्मे–हम्मे थियो,अहिले खान लाउन प्रशस्त पुग्छ’ ताम्राकारले बुधवार नागरिकसंग भनिन् । उनी बुधवार उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको ‘उत्कृष्ट महिला उद्यमी सम्मान’ कार्यक्रममा सम्मानित हुन आएकी हुन्।

उनले बर्दियामा व्यवसायिक केराखेती गरेपछि जीवनमा पुरै परिवर्तन आएको हो । चार बर्ष अघि हन्नाले हेल्भिटास नेपालबाट नेपालगंजमा केरा खेती तालिम लिइन् । हन्नाले स्थानीय सहकारीवाट ५० हजार क्रण लिइन् र बर्दिया पुगेर केरा खेती सुरु गरिन् । जतिबेला कतारमा कार्यरत थिए ।

केरा खेतीको लागि हन्ना दिनरात खट्न थालिन् । बिस्तारै केराले आम्दान दिन थाल्यो । फल र बोट दुवै उमारेर बिक्री गर्न थालिन् । यो खेतीलाई उद्यमको रुपमा विकास गरे केही हुने देखेपछि उनी अघि बढ्नि । २०७१ मा पति पति कतारबाट फर्के । पतिसंग यही खेतीलाई विस्तार गर्ने निधो गरिन् ।

सोही अनुसार आफ्नो जग्गा धितो राखेर १५ लाख क्रण खोजे भने १६ लाख परियोजना मार्फत लिए । यी दुवै गरी ३१ लाख लगानी गरे । यो तीन चार बर्ष निरन्तर संघर्ष गरे । छ विघा जग्गामा केराखेती लगाए । यो पुरै जग्गाको लागि काठमाडौबाट १ लाख रुपैयांको वीउ किनेर लगेर केराको नर्सरी बनाए । एक बर्ष वीउ उम्रिन र हुर्किनमै बित्यो । नर्सरीबाट केराको वोट उमार्ने र बिक्री गर्दै गए।

अहिले हन्नाले बोट र फल दुवै बिक्री गर्छिन् । यो खेतीको लागि १५ जनालाई रोजगारी दिएका छन् नै । उत्तिकै हन्ना र उनका पति पनि खट्छन् । अहिले केरा वापत बर्षमा ५० देखि ६० लाख आम्दानी हुन्छ । चार बर्षको अवधिमा परिवारको खर्च,भाडा कटाएर लगभग धेरै जसो क्रण तिरिसके । यो बर्षदेखि बाँकी आठ-दश लाख क्रण तिरेर बचेको आम्दानी बच्नेछ । केराखेतीको लागि ताम्राकार दैनिक दशदेखि बाह«घण्टा खट्छिन् ।

आजको जीवन भने निरन्तर मिहेनत र संघर्षबाटै मिलेको ताम्राकार सुनाउँछिन् ‘पसिना बगाए मोती फल्दोरहेछ’उनले बुधवार नागरिकसंग भनिन् । हालको खेतीको आयतन आगामी बर्ष थप बिस्तार गर्दै जाने योजना रहेको उनले सुनाइन् । ‘८० हजार बोट बेचिसक्यौं,यो बर्षदेखिको आम्दानी हाम्रो ह्ुन्छ’उनले भनिन् । केरा उद्योगको यो अवस्थामा मात्रै सीमित हुने उनको सोंच छैन । भविष्यमा यसलाई थप विस्तार गरेर लैजाने योजना रहेको उनले बताइन् । ताम्राकार विगत उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्रालयले आयोजना गरेको उत्कृष्ट महिला उद्यमी सम्मान कार्यक्रममा सहभागी हृुन आएकी हुन् उनी बुधवारनै उद्योग,बाणिज्य तथा आपुर्ति मन्त्री मातेृका यादवबाट सम्मानित गरे।

पसिनामै विश्वास गर्छिन् उदयपुरकी ६८ बर्षीया मनिदेवी राई । सानैदेखि घरेलु झोला र कपडा बुनेर बिक्री गर्दै आएकी राई आजभोलि उत्पादनमा परिर्वतन गरेकी छिन् माग र अवस्था अनुसारको उत्पादन । तर यी सवै स्थानीय कच्चा पदार्थबाटै निर्माण गरेर बिक्री गर्छिन् । किरियापुत्रीले लगाउने परालको चप्पल र अर्गानिक च्याउ खेती । किरियापुत्रीले लगाउने परालको चप्पल उनको पुरानो सीप हैन । उनले हेरेरै चप्पल बुन्न सिकिन र तयार गरिन् । अहिले यो चप्पलको स्थानीय माग उनैले पुरा गरेकी छिन् ।

राई आफ्नो जीवनकालमा कहिल्यै उद्यम विना बसिनन् । उनले आफ्नो आम्दानीबाटै दुई वटा घर निर्माण गरेको बताइन् । सुरुका बर्षहरुमा हातेझोला बिक्री गरेर मनग्गे आम्दानी गरिन् । पति सरकारी जागिरे थिए । घरको खर्चमा भने उनकै हिस्सा बढी छ । उनलाई महिला परनिर्भर बनेको मन पर्दैन । उनी भन्छिन्,‘आफ्नो खर्चको लागि श्रीमानसंग हात थाप्नु राम्रो हैन,गरेर देखाउने हो’उनले भनिन्।

व्युटिपार्लर पेशा र तालिमबाटै उद्यमी बनेकी हुन् ललितपुरकी अमृतादेवी विश्वकर्मा । सिटिभिटीको कार्यक्रममा तािलम दिएर सर्यौ महिलालाई व्युटि उद्यमी बनाइसकेकी छिन् । मासिक २ लाख जति उनले यो पेशाबाट आम्दानी गर्छिन् । आफ्नै उद्यममा रमाउने उद्देश्यले पार्लर खोलेको सुनाउने विश्वकर्मालाई अरु महिला उद्यमी बनेकै मन पर्छ । उनी भन्छिन् , ‘सीप हस्तारन्तरण गरेरै महिला विकास हु्न्छ’। उनले यो पेशालाई अब्बल बनाउन स्नातक तहको व्युटिसियन अध्ययन पनि पुरा गरेकी छिन् । घरमा पतिको भन्दा बढी आम्दान गर्छिन् । यसले गर्दा परिवारमा उनको आत्मसम्मान पनि मिलेको छ ।

सम्मानित हुन आएकी जाजरकोटकी शिला विश्वकर्मा भने अन्य महिला भन्दा फरक उद्यममा सहभागी छिन् । स्थानीय पत्थर खानीबाट कच्चा पदार्थ किनेर त्यसलाई प्रशोधन गरी बिक्री बितरण गर्नु उनले यो पेशा बिगत सात बर्षदेखि सुरु गरेकी हुन् । पत्थरले राम्रो बजार पाएमा मनग्गे आम्दानी उनी बताउँछिन् ।महिला उद्यमीमा उद्यम विकासमा प्रर्याप्त व्यवस्थापकीय क्षमता भएपनि प्रर्याप्त लगानी,बजारव्यवस्थापन,सूचनाको अभावको कमीले गर्दा प्रर्याप्त विकास हुन नसकेको महिला उद्यमी महासंघकी उपाध्यक्ष शोभा ज्ञवाली बताउँछिन् ।

उनी भन्छिन् ‘सरकारले बिभिन्न कार्यक्रम मार्फत साना उद्यमीको लागि १ देखि ५ लाख मात्रै क्रणअनुदान उपलब्ध गराएको छ, त्यसको लागि सरकारले प्रर्याप्त क्रण दिने वातवरण बनाउनु पर्छ’उनले भनिन् । हालको पाँच लाखलाई बढाएर १० देखि २५ लाखसम्म पु¥याउन सकेको खण्डमा महिला उद्यमीहरुको थप विकास हुने ज्ञवालीले बताइन् । यसको लागि महासंघले सरकार,वैक र गैरसरकारी क्षेत्रसंग छलफल गरिसकेको बताइन् ।महिलाहरुमा शिक्षा,सूचनाको कमी जस्ता कुरामा अहिले पनि कमी भएकोले सरकारले दिएको सुविधा लिएर उद्यमी बन्न नसकेको अर्को चुनौती बनेको छ ।

महासंघले अन्य निकायहरुसंग समन्वय गरेर महिला उद्यमीलाई तालिम दिने र लगानीको वातवरण बनाउने प्रयास गरिरहेको उनले बताइन् । नेपालमा महिलाहरुले कृषि,जडीबुटी,ढाका कपडा जस्ता उद्यम महिलाको लागि उपयुक्त क्षेत्र भएको उनको सुझाव छ । लगानीको वातवरण बनेमा दश बर्षपछि महिला उद्यमीहरु विस्तार हुने ज्ञवालीको दावी छ । ‘महिलाले व्यवस्थापन गरेका उद्योगहरु गम्भिर रुपमा संचालन गरेको देखिन्छ,यो स्थितिको आधारमा महिला उद्यमी अघि बढ्ने देखिन्छ’ उनले भनिन् ।
 

प्रकाशित: ८ असार २०७५ ०२:१२ शुक्रबार

परिश्रमले उद्यमी बनेका महिला