अर्थ

‘नेपालमा लगानीका लागि सुरक्षित वातावरण’

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा हाल स्थिर सरकार बनेको र लगानीको लागि सुरक्षित वातावरण निर्माण भएको बताएका छन्।

स्विजरल्यान्डको जेनेभामा जारी अन्तर्राष्ट्रिय श्रम संगठनको १०७औं सत्रलाई सम्बोधन गर्दै उनले नेपालमा अस्थिरतापछि स्पष्ट बहुमतको सरकार निर्माण भएर राजनीतिक स्थायित्व प्राप्त भएकाले लगानीको वातावरण बनेको बताएका हुन्।

श्रमिकहरुको सामाजिक सुरक्षा सहितका विषयलाई समेत समेटेर श्रम कानुन बनाइएको जानकारी गराउँदै उपाध्यक्ष ढकालले औद्योगिक सम्बन्धको विकास र प्रवद्र्धनमा सहयोग पुग्ने बताए।

प्रकाशित: २० जेष्ठ २०७५ ०४:३६ आइतबार

नेपालमा लगानीका लागि सुरक्षित वातावरण