अर्थ

वसन्तपुरमा ‘क्याफे कफी डे’को आउटलेट

काठमाडौं – क्याफे कफी डे (सिसिडी)ले वसन्तपुरमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। सिसिडीले एक वर्षको अवधिमा दोस्रो आउटलेट सञ्चालनमा ल्याएको जनाएको छ।

विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित आउटलेट शुक्रबारबाट औपचारिक रुपमा सञ्चालनमा आएको छ। सिसिडीको नेपालमा बजारीकरण गरिरहेको स्ताभ्या इन्टरनेसनलले एक वर्षअघि ललितपुरको कुमारीपाटीमा पहिलो आउटलेट स्थापना गरेको थियो।

वसन्तरपुरस्थित आउटलेटको उद्घाटन शुक्रबार विश्व बैंकका नेपाल प्रतिनिधि रशिद रियानले गरेका हुन्। एक करोड रुपैयाँभन्दा बढी लगानीमा सञ्चालनमा आएको यस कफी सपमा कफीका विभिन्न भेराइटीका अलावा फास्टफुड पनि उपलब्ध हुने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३० वैशाख २०७५ ०३:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App