अर्थ

खुकरी रम महोत्सव हुने

काठमाडौं–नेपालमा पहिलो पटक पृथक किसिमको खुकरी रम महोत्सव सुरु भएको छ । खुकरी थ्रि एक्स रमले काठमाडौंमा पहिलो पटक उक्त महोत्सव आयोजना गरेको हो । यस महोत्सव उपत्यका सहित देशको मुख्य सहरहरुका प्रसिद्ध रेष्टुरेन्टहरुमा भइरहेको छ।  

खुकरी थ्रि एक्स नेपाल डिस्ट्रिलरीले चिसो मौषममा मात्रै नभएर जुनुसकै समयमा रमलाई फरक फरक स्वादमा लिन सकिने उदेश्यका साथ उक्त महोत्सव आयोजना गरेको हो ।यसका लागि सिंगापुर र भारतका दुई अन्तराष्ट्रिय बार टेन्डर र मिक्सोलोजिष्ट नेपाल आएका छन् ।

यस महोत्सवमा सिंगापरका दिन हसन रहेका छन् । यस्तै भारत मुम्बइकी अमी श्रोफ रहेकी छिन् । हसनले ककटेल क्षेत्रमा २५ वर्ष अनुभव बटुलेर विभिन्न अन्तराष्ट्रिय पुरस्कारहरु पाइसकेका छन । यस्तै अमी लन्ड ट्याक्सीका प्रसिद्ध मिक्सोलोजिष्ट हुन्।नेपालमा भएको पहिलो रम महोत्सवमा बार तथा रेष्टुरेन्टमा कार्यरत युवा पुस्ताले तालिम समेत लिइरहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: २४ वैशाख २०७५ ०१:०० सोमबार

खुकरी रम महोत्सव हुने