अर्थ

हुम्लामा नेपाल टेलिकमको टावरमा क्षति, सेवा अवरुद्ध

हुम्लामा रहेका नेपाल टेलिकमका बिटिएस टावरहरूमा अनधिकृत व्यक्तिहरूले क्षति पुर्‍याउँदा दूरसञ्चार सेवा अवरुद्ध भएको छ।

नेपाल टेलिकमका अनुसार सर्केगाड गाउँपालिका-५ स्थित बरै माइक्रो बिटिएसमा पौष ४ गते केही समूहले सोलार प्यानल, भिएसएटि उपकरण र अर्थिङ केबलमा क्षति पुर्‍याएका थिए। जस कारण त्यहाँको दूरसञ्चार सेवा अवरुद्ध छ।

विकट भौगोलिक अवस्थाका कारण मर्मत कार्य सम्पन्न गर्न केही समय लाग्ने जनाइएको छ। टेलिकमले सार्वजनिक महत्वका सम्पत्तिमा क्षति पुर्‍याउने तथा सर्वसाधारणको सञ्चार सेवा अधिकारमा असर पुर्‍याउने गतिविधिहरू नगर्न र नगराउन सबैमा अपिल गरेको छ।

यस घटनाका कारण प्रभावित सेवा चाँडोभन्दा चाँडो सुचारु गर्न प्रयासरत रहेको कम्पनीले जानकारी दिएको छ। नेपाल टेलिकमले यस घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सेवाग्राहीलाई परेको असुविधाप्रति माफी मागेको छ।

प्रकाशित: ८ पुस २०८१ १६:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App