अर्थ

एनआइसी एसिया र आइएफसीबीच कर्जा सम्झौता


काठमाडौं– एनआइसी एसिया बै‌क र विश्व बैंक अन्तर्गतको अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) बीच दीर्घकालीन कर्जा लेनदेनसम्बन्धी सम्झौता भएको छ।

सम्झौतापत्रमा बंैकका कामु प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र आइएफसीका आवासीय प्रतिनिधि रोहन रसिदले हस्ताक्षर गरेको बैंकले जनाएको छ । उक्त दीर्घकालीन कर्जा सापट लिनका लागि बंैकले नियमनकारी निकाय नेपाल राष्ट्र बंैकमा स्वीकृतिका लागि आवेदन गरिसकेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
 

प्रकाशित: २८ चैत्र २०७४ ००:४१ बुधबार

एनआइसी एसिया आइएफसीबीच कर्जा सम्झौता