साताको पहिलो दिन सुनको मूल्य घटेर कारोबार सुरु भएको छ। छापावाल सुन प्रति तोला एक सय रुपैयाँले घटेको हो।छापावाल सुन प्रतितोला एक लाख ६० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । साताको अन्तिम दिन गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १ सय रुपैयाँ कायम थियो।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रकाशित: २ मंसिर २०८१ ११:३३ आइतबार