अर्थ

भुइँकटहर खेतीबाट वार्षिक १५ लाखसम्म आम्दानी गर्दै पूर्वप्रहरी विष्ट

सुनसरीको बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए। तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उनी कृषि क्षेत्रमा लागे।

अहिले उनलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको छ। तत्कालीन समयदेखि भुइँकटहर खेतीमा लागेका उनले  यसैबाट मनग्गे आम्दानी गरिरहेका छन्।

अहिले उनले एक विघामा भुइँकटहर लगाएका छन्। यसबाट वार्षिक  १५ लाख रुपैयाँ आम्दानी हुने गरेको उनले सुनाए। वार्षिक रु एक लाख खर्च खर्च कटाउँदा १४ लाखसम्म सजिलै बचाउन सकिने उनको भनाइ छ। 

उनले भने, भुइँकटहरको माग राम्रो छ बजारमा भनेको  मूल्य पनि पाइन्छ। गत वर्षभन्दा अझ केही विरुवा थप गरेको छु अर्को वर्ष आम्दानीमा अझै बढ्छ।”

उनका अनुसार भुइँकटहरको खेतीमा वर्षपिच्छे ठूलो मेहनत पनि चाहिन्न।वर्षमा एक पटक गोडमेल गर्दा पनि राम्रो आम्दानी लिन सकिन्छ। उनले भुइँकटहर प्रतिगोटा  एक सयदेखि एकसय ५० रुपैयाँसम्म बिक्री गर्दै आएका छन्। भुइँकटहर लिन कतिपय व्यापारीहरु फर्ममै आइपुग्ने उनले सुनाए।

अहिले सुनसरीको बराहक्षेत्रमा भुइकटरको खेती गर्ने किसानको सङ्ख्या सीमित भएकाले बिक्रीका लागि  समस्या नभएको उनले बताए। उनका अनुसार विरुवा बिक्रीबाट मात्रै वार्षिक रु एक लाख ५० हजारसम्म आम्दानी हुने गरेको छ।

उनले एउटा विरुवालाई  १० देखि र २० रुपैयाँ सम्ममा बिक्री गर्दै आएका छन्। उनको व्यावसायिक भुइँकटहरका लागि नगरपालिकाले अनुदान स्वरुप  ७७ हजार रुपैयाँ उपलब्ध गराइसकेको छ। रासस  

प्रकाशित: २१ कार्तिक २०८१ १०:२८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App