अर्थ

दशैंपछि पहिलो पटक घट्यो नेप्से

दशैपछि पहिलो पटक नेप्से परिसूचक घटेर बन्द भएको छ। दशैंपछि पछिल्ला ४ कारोबार दिनदेखि उकालो लागेको नेप्से आइतबार भने घटेर बन्द भएको हो।

आइतबार नेप्से परिसूचक ४७.४४ अंक घटेर २६९७.९१ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ७.९१ अंक घटेको छ भने फ्लो इण्डेक्स ३.२६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५७ अंक घटेको छ।

नेप्से घटेपनि आइतबार कारोबार भने बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार ७ अर्ब १९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१५ स्टकको ८८ हजार ७१४ पटकको कारोबारमा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ८ लाख ६८ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

आइतबार १३ उपसमूहमध्ये १२ उपसमूहको परिसूचक घटेको छ भने एक उपसमूहको परिसूचक स्थिर रहेको छ। वित्त उपसमूहको परिसूचक सर्वाधिक ४ प्रतिशत घटेको छ। 

प्रकाशित: ४ कार्तिक २०८१ १५:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App