अर्थ

सुनको मूल्य एकैपटक १३ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ। मङ्गलवार तोलाको १ लाख ६० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य बुधवार हालसम्मकै उच्च प्रतितोला १ लाख ६१ हजार ८ सय रुपैयाँ कायम भएको छ। अघिल्लो दिनको तुलनामा बुधवार सुन प्रतितोला १  हजार ३  सय रुपैयाँले बढेको हो।

यसअघि सुनको उच्चतम मूल्य असोज १८ गते १ लाख ६१ हजार ३ सय रुपैयाँ थियो।

त्यस्तै चाँदी प्रतितोला २५ रुपैयाँले बढेको छ। अघिल्लो दिन तोलामा १ हजार ९ सय २५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधवार १ हजार ९ सय ५० कायम भएको छ। 

प्रकाशित: ३० आश्विन २०८१ ११:२८ बुधबार

#gold