अर्थ

सनराइज र गोरखा डिपार्टमेन्टबीच सम्झौता

काठमाडौं – सनराइज बैंक र गोरखा डिपार्टमेन्ट स्टोरबीच सनराइजको भिसाकार्डबाट हुने भुक्तानीमा १० प्रतिशतसम्म छुट दिनेसम्बन्धी सम्झौता भएको छ। नेपालभर सञ्चालनमा रहेका गोरखा डिपार्टमेन्ट स्टोरमा कुनै पनि सामान किन्दा उक्त छुट दिने सम्झौता पत्रमा उल्लेख छ।

सम्झौतापत्रमा सनराइज बैंकका विराटनगर शाखाका शाखा प्रबन्धक सुमन भट्टराई र गोरखा डिपार्टमेन्ट स्टोरका प्रबन्ध निर्देशक वलराम आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २३ चैत्र २०७४ ०१:२२ शुक्रबार

सनराइज गोरखा डिपार्टमेन्टबीच सम्झौता