अर्थ

बुद्ध एयरको टिकटमा एनआईसी एशिया बैंकका ग्राहकले आठ प्रतिशतसम्म छुट पाउने

एनआई सी एशिया बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिद गर्दा ८ प्रतिशतसम्म छुट पाउने भएका छन् । 

बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र बुद्ध एयरको तर्फबाट निर्देशक रुपेश जोशीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

एनआईसी एशिया बैंकका ग्राहकले अब एयरका विभिन्न ठाउँमा रहेका १३ वटा काउन्टर र विमानस्थल काउन्टरबाट टिकट खरिद गर्दा उक्त पाउने सम्झौतामा उल्लेख छ ।

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप, डेबिट कार्ड, क्रेडिट कार्ड एवं प्रिभिलेज कार्ड प्रयोग गरी काउन्टरमा भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ ।  

निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी बुद्ध एयरसँग गरिएको सम्झौताले चाडपर्वका समय बैंकका ग्राहकलाई सुविधा हुने विश्वास बैंकको छ । 

प्रकाशित: ९ आश्विन २०८१ १८:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App