अर्थ

फेरि बढ्यो अन्डाको मूल्य

कुखुराको अन्डाको मूल्य फेरि बढेको छ।

पाँच दिनअघिमात्र बढेको अन्डाको मूल्य नेपाल लेयर्स कुखुरापालक संघले शुक्रबारदेखि लागु हुने गरी अन्डाको समर्थन मूल्य तोकेको हो।

विहीबार बसेको संघको भौतिक र भर्चुअल बैठकले चितवनलाई आधार मानेर मध्यम अन्डाको मूल्य प्रतिक्रेट ४ सय ३५, ठूलो अन्डा प्रतिक्रेट ५ सय १० र एक्सएल अन्डा प्रतिक्रेट ५ सय २५ रुपैयाँ तय गर्ने निर्णय गरेको हो।

यसअघि भदौ ८ गते बसेको संघको बैठकले एक्सएल अन्डा प्रतिक्रेट (३० वटाको) ५ सय ५, ठूलो अन्डा ४ सय ९५ र मध्यम अन्डाको मूल्य ४ सय २५ रुपैयाँ कायम गरेको थियो। सो समय संघले विगतको मूल्यमा एक्सएल अन्डामा प्रतिक्रेट पाँच रुपैयाँ तथा ठूलो र मध्यमको १० रुपैयाँले वृद्धि गरेको थियो।

प्रकाशित: १३ भाद्र २०८१ १५:०९ बिहीबार

#egg