स्थानीय बजारमा शुक्रबार सुनको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन स्थिर रहेको सुनको मूल्य आज भने घटेको हो।
शुक्रबार छापावाला सुनको मूल्य ९ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ४९ हजार ६ सय रुपैयाँ कायम भएको छ।
अघिल्लो दिन छापावाला सुनको मूल्य १ लाख ५० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ। चाँदीको मूल्य २० रुपैयाँले बढ्दै प्रतितोला १ हजार ७६० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
प्रकाशित: ३२ श्रावण २०८१ ११:०० शुक्रबार