अर्थ

माओवादीको दाबी–सहकारी सङ्कट एकाधिकार पुँजीवादको उपज

फाइल तस्बिर

नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले सहकारीमा देखिएको सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज रहेको दाबी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो कुरा बताएका हुन्। 

‘शनिबार सहकारी प्रणालीमा देखा परेको समस्या, सङ्कट वित्तीय एकाधिकार पुँजीवादको उपज हो,’ महासचिव गुरुङले भने,‘यसलाई रूपान्तरण र सुधार गर्नका लागि आर्थिक, राजनीतिक क्षेत्रमा निर्मम ढंगले सुधार नगर्ने हो भने यो क्षेत्रको सानातिना सुधारले मात्रै सुधार हुनसक्छ भन्ने सकिँदैन ।’ 

सहकारी समस्या सुधारका लागि राष्ट्रिय औद्योगिक पुँजीको निर्माण गर्न आवश्यक रहेको उनको दाबी छ । उनले भने, ‘वस्तु उत्पादन, औद्योगिक उत्पादन, कृषि उत्पादनमा केन्द्रित गरेर सम्पूर्ण श्रोत र साधनहरूलाई उत्पादनमुखी बनाउनुपर्छ, ।’

अहिलेकै परिस्थितिमा सुधार सम्भव नहुने पनि महासचिव गुरुङले दाबी गरे। ‘औद्योगिक आत्मनिर्भरमा कसरी लैजाने रु कृषि उत्पादनमा कसरी लैजाने रु यो प्रक्रियाबाट हामी जानुपर्छ। त्यसो गरे मात्रै सुधारको सम्भावना छ,’ उनले भने ।

प्रकाशित: २२ असार २०८१ १७:०२ शनिबार

#CPN Maoist Center #cooperative crisis #General Secretary Dev Gurung