अर्थ

सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्सबीच सम्झौता

सिद्धार्थ बैंक र इन्टरनेसनल फाइनान्सबीच व्यावसायिक सम्झौता भएको छ। जोखिम व्यवस्थापन, लैंगिक, डिजिटल तथा जलवायु वित्त क्षेत्रमा क्षमता अभिवृद्धि गर्न दुवै संस्थाबीच सम्झौता भएको हो।

सम्झौताले उल्लिखित क्षेत्रमा बैंकको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय असल अभ्यास अनुसरण गरी बैंकलाई अझ बढी सुदृढ एवं सबल बनाएर आफ्ना लक्ष्य हासिल गर्न थप टेवा पुग्ने विश्वास छ।

बैंकले ‘डिजिटल फस्र्ट’ अभ्यास अपनाइ सुशासनका पक्षमा केन्द्रित हुँदै दिगो विमालाई सधै प्राथमिकतामा राखेर आफ्ना समग्र रणनीतिहरू वातावरणमैत्री एवं समाज केन्द्रित बनाउँदै आएको जनाएको छ।

प्रकाशित: १८ चैत्र २०८० ०८:४७ आइतबार

सिद्धार्थ बैंक इन्टरनेसनल फाइनान्स लैंगिक