अर्थ

बेनेली बाइक शून्य प्रतिशत ब्याजमा

केटिएम इन्टरनेसनलले नयाँ वर्ष योजना अन्तर्गत बेनेली बाइक शून्य प्रतिशत व्याजमा उपलब्ध गराउनुका साथै एक लाखसम्मको छुट दिने व्यवस्था गरेको छ। कम्पनीले नयाँ वर्ष २०८१ का लागि विशेष फाइनान्स अन्तर्गत उक्त योजना ल्याएको हो।

योजना अन्तर्गत १८० सिसी बाइक तथा स्कुटर २० मिनेटभित्र शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा खरिद गर्न सकिने छ। साथै अरू मोडलका बाइकमा विशेष छुट दिने व्यवस्था पनि मिलाइएको जनाएको छ। कम्पनीले मोडल अनुसार १५ हजार रूपैयाँदेखि एक लाख रूपैयाँसम्मको छुट दिने भएको छ।

प्रकाशित: ८ चैत्र २०८० ०७:३५ बिहीबार

केटिएम इन्टरनेसनल बेनेली बाइक शून्य प्रतिशत व्याजमा