अर्थ

सिंगटीको हकप्रद सेयर बाँडफाँट

सिँगटी हाइड्रो इनर्जीले निष्कासन गरेको हकप्रद सेयर बाँडफाँट गरिएको छ। कम्पनीले गत पुस २१ गतेसम्म कायम रहेका साविक सेयर धनीका लागि एक कित्ता सेयर बराबर नयाँ एक कित्ता (१ः१) सेयरको अनुपातमा प्रति सेयर सय रूपैयाँ अंकित दरको एक करोड ४५ लाख कित्ता हकप्रद सेयरको निष्कासन गरेको थियो। सोमध्ये रितपूर्वक आवेदन दिने ७६ हजार दुई सय सेयरधनीहरूलाई ९८ हजार ८८ सय ४६१ कित्ता हकप्रद सेयर गत फागुन ३० गते निष्कासनकर्ता कम्पनी तथा बिक्रीप्रबन्धकसहितको संयुक्त बाँडफाँट समितीले सिफारिस गरेबमोजिम निष्कासनकर्ता कम्पनीको सञ्चालक समितिले सो बाँडफाँटलाई स्वकृति प्रदान गरेको छ।

प्रकाशित: ४ चैत्र २०८० ०९:१८ आइतबार

सिँगटी हाइड्रो इनर्जी हकप्रद सेयर बाँडफाँट