अर्थ

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा सिद्धार्थ बैंक

सिद्धार्थ बैंक र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच नवीकरणीय ऊर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरणसम्बन्धी सम्झौता भएको छ।

सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रका तर्फबाट कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार दिगो ऊर्जा चुनौती कोषसँग समन्वय गरी बैंकको नवीकरणीय ऊर्जा परियोजनाहरूमा प्रवाह भएको कर्जाको २० प्रतिशत रकम वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र मार्फत ग्यारेन्टी हुनेछ। यस सम्झौताले बैंकको विभिन्न नवीकरणीय ऊर्जा परियोजनाहरू कर्जा लगानी गर्न थप प्रोत्साहन गरेको बैंकले जनाएको छ।

प्रकाशित: २ चैत्र २०८० ०८:४० शुक्रबार

सिद्धार्थ बैंक वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र