अर्थ

एनसेलको खुद्रा बिक्रेता सहयोग कार्यक्रम

एनसेलले आफूसँग आवद्ध रहेका खुद्रा बिक्रेता तथा साना पसल गर्ने व्यवसायीहरूलाई सहयोग गर्ने उद्देश्यले नयाँ कार्यक्रम सञ्चालन गरेको घोषणा गरेको छ।

आफ्नो च्यानल इकोसिस्टमको प्रत्येक तहलाई सशक्त बनाउने प्रतिबद्धता अनुरूप एनसेलले देशभरका खुद्रा बिक्रेतालाई प्रोत्साहन र पुरस्कृत गर्न एक बृहत् रिटेल इन्गेजमेन्ट प्रोग्राम लागु गरेको छ।

कार्यक्रम देशभर रहेका ५० हजार बढी खुद्रा बिक्रेतालाई लक्षित रहेको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार कार्यक्रममा सहभागी हुने खुद्रा बिक्रेताले सिम कार्ड र प्याकहरूको बिक्रीबापत निश्चित पोइन्ट आर्जन गर्ने अवसर पाउँछन्।

यसरी आर्जन गरिएको प्वाइन्टहरूको आधारमा उनीहरूले टेलिभिजन, स्मार्टफोन, स्मार्टवाच, पावर बैंक र ब्लुटुथ स्पिकरहरू सहित विभिन्न आकर्षक उपहारहरू पाउने छन्।

प्रकाशित: १७ फाल्गुन २०८० १०:४३ बिहीबार

एनसेल खुद्रा बिक्रेता सहयोग कार्यक्रम