हेटिचले आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टरको उद्घाटन गरेको छ। तीन हजार स्क्वायर फिटभन्दा बढी क्षेत्रफलमा फैलिएको यस एप्लिकेसन सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार एप्लिकेसन सेन्टरमा ग्राहकले आफ्नो घर तथा अफिसको लािग निःशुल्क व्यावसायिक डिजाइन सेवा पनि पाउने भएका छन्। हेटिच इन्डिया, मध्यपूर्व अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले हेटिचले नेपाली बजारमा कम्पनीको वृद्धि हुने ठूलो सम्भावना देखेको बताए।
प्रकाशित: ३ फाल्गुन २०८० ०७:१४ बिहीबार