अर्थ

पोखरा र भैरहवा विमानस्थलबाट सिधा चीन उडान भर्न परिषंघको आग्रह

नेपाल उद्योग परिसंघले पोखरा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा चीन उडान गरी नेपालको पर्यटन प्रबद्र्धनमा सहयोग गर्न आग्रह गरेको छ। परिषंघका अध्यक्ष राजेश कुमार अग्रवाल र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भएको छलफलमा अध्यक्ष अग्रवालले यस्तो आग्रह गरेका हुन्।

भेटमा लगानी एवं व्यवसायिक सम्बन्ध विस्तारलगायत विषयमा छलफल भएको छ। परिसंघ सचिवालयमा मंगलबार भएको छलफलमा परिसंघ अध्यक्ष राजेशकुमार अग्रवालले पर्यटन, सूचना प्रविधि, जलविद्युत, कृषि, भौतिक पूर्वाधारलगायतका क्षेत्रमा चिनियाँ लगानी तथा प्रविधि आकर्षित गर्न पहल गरिदिन आग्रह गरे। 

सरकारले आगामी बैशाखमा गर्न लागेको लगानी सम्मेलनमा चिनियाँ लगानीकर्ताको समूहलाई ल्याउन भूमिका खेल्न आग्रह गर्नुहुँदै उहाँले नेपाल सरकारले लगानी आकर्षित गर्न विद्यमान कानुनहरूमा सुधार गर्न लागेको बताए। परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धी अध्ययनसहित विस्तृत सुझाव सरकारलाई बुझाएको छ।

साथै उनले चीन र भारतको बीचमा अवस्थित नेपालको उत्पादनमूलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरे। सीएनआई र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड ९सीसीपीआईटी० मिलेर स्थापना गरेको नेपाल–चीन व्यवसाय परिषद् ९नेपाल चाइना बिजनेस काउन्सिल० बीच व्यवसायिक छलफल अगाडि बढिरहेको जानकारी गराउनुहुँदै उनले काउन्सिलमार्फत नेपालमा चिनियाँ लगानी भित्र्याउन सहयोग हुने विश्वास व्यक्त गरे।

छलफलमा चिनियाँ राजदूत सोङले चीनले नेपालको संमृद्धिका लागि उच्च प्राथमिकतामा राखेको बताए। उनले नेपालले तत्काल धेरै क्षेत्रमा लगानी गर्न नसक्ने भएकाले उच्च सम्भावना भएका निश्चित क्षेत्रहरू पहिचान गरी ती क्षेत्रको उत्पादन वृद्धिमा केन्द्रित गर्नुपर्ने बताए। पर्यटनका लागि नेपाल उच्च सम्भावना भएको मुलुक भएकाले पर्यटक भित्र्याउन सोही अनुरूप पूर्वाधार तथा सेवाको स्तरोन्नति गर्नुपर्ने भन्नुहुँदै उहाँले ऊर्जा, जडीबुटी, पर्यटन, सूचना प्रविधि, कृषि, उत्पादनमूलक उद्योगलगायत लगानीको उपयुक्त क्षेत्र रहेको बताए। दुई देशबिच व्यवसायिक सम्बन्धलाई थप प्रगाढ बनाउन नेपालको उद्योगीहरूको छाता संस्था सीएनआईसँग नजिक रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

छलफलमा परिसंघका पूर्व अध्यक्ष हरीभक्त शर्मा, उपाध्यक्षद्धय निर्वाण चौधरी, हेमराज ढकाल, गभर्निङ्ग काउन्सिल सदस्य शिवरतन शारडा, पदाधिकारी सदस्य छाया शर्मा, परिसंघ आइटी काउन्सिल सभापति अजित विक्रम शाह, कृषि समिति सभापति विकास दुगड, महानिर्देशक दीपक राज जोशीलगायत सहभागी थियो।

प्रकाशित: १ फाल्गुन २०८० १८:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App