अर्थ

इन ड्राइभ संसारकै दोस्रो राइड हेलिङ एप

इन ड्राइभ ४६ देशहरूमा सञ्चालित ग्लोबल मोबिलिटी र सहरी सेवा दिने प्लेटफर्म हो। सन् २०२३ मा विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको दोस्रो राइड–हेलिङ एप बनेको छ।

डेटा डट एआईका अनुसार इन ड्राइभ लगातार दोस्रो वर्ष पनि सो स्थानमा रहेको हो। यसको साथै इन ड्राइभ ट्राभल क्याटेगोरीअन्तर्गत विश्वभरि सबैभन्दा धेरै डाउनलोड गरिएको चौथो एपमा सूचीकृत हुन पनि सफल भएको छ।

गुगल प्ले र एप स्टोर डेटा (चीनमा आइओएस मात्र) अनुसार २०२३ मा इन ड्राइभ कुल ६६.६ मिलियन पटक डाउनलोड भएको छ। इन ड्राइभले आफ्नो मुख्य सेवा राइड सेयरिङ अफरलाई नयाँ देशहरूमा विस्तार गर्दै हालै कुरियर डेलिभरी जस्ता नयाँ सेवाहरू पनि थप्दै आएकोे छ। नेपालमा इन ड्राइभ सन् २०२२ देखि सञ्चालन भइरहेको छ।

इन ड्राइभका संस्थापक र सिइओ आर्सेन टम्स्कीले यो उपलब्धि कम्पनीको अथक प्रयास र प्रयोगकर्ताले कम्पनीमाथि गरेको विश्वासको प्रमाण भएको बताए। साथै उनले अब इन ड्राइभमा सुपर मिसन भनेको सामाजिक अन्यायलाई चुनौती दिनु रहेको बताए।

प्रकाशित: १९ माघ २०८० ०८:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App