अर्थ

सुजल फुड्सको ‘चोकोफन बिगफन’ अभियान

सुजल फुड्सले ‘चोकोफन बिगफन’ नयाँ प्याकमा बजारमा ल्याएको छ। कम्पनीले चोकोफन बिगफनको नयाँ प्याक बजार प्रवर्धन ‘ह्याप्पी न्यु प्याक टु यु’ भन्ने नारासहित राष्ट्रव्यापी रूपमा प्रवर्धन अभियान सुरु गरेको हो।

कम्पनीका अनुसार चोकोफन बिगफनमा चकलेटले भरिएको क्रिस्पी, क्रन्ची वेफरका चार तह हुने र त्यसमा थप भेनिला स्ट्रिप्ससमेत भएको र यसको स्वादले उपभोक्तालाई अधिक रमाइलो र खुसी प्रदान गर्नेछ।

कम्पनीका अनुसार रातो र सुनौलो रङमा आएको चोकोफन बिगफनको नयाँ प्याकेजिङ एकदमै आकर्षक भएकाले उपभोक्ताको रुचि र प्राथमिकतालाई सम्बोधन गर्नेछ।चोकोफन बिगफन १५ ग्रामको मूल्य १० रूपैयाँमा बजारमा पाइने कम्पनीले बताएको छ।

प्रकाशित: १५ माघ २०८० ०१:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App