अर्थ

व्यावसायिक वातावरण बनाउन माग

काठमाडौं– सुनचाँदी व्यवसायीहरुले निर्वाधरुपमा व्यवसाय सञ्चालन गर्न सक्ने वातवारण निर्माण गर्न सरकारसँग माग गरेका छन्।

नेपाल सुनचाँदी व्यवसायी महासंघको पाँचौं स्थापना दिवसका अवसरमा आइतबार महासंघले आयोजना गरेको कार्यक्रममा सहभागी सुनचाँदी व्यवसायीले यस्तो माग गरेका हुन् । कानुनी प्रावधानको पालना गरेर व्यवसाय गर्दा पनि अनावश्यकरुपमा व्यवसायीलाई दुःख दिने, कच्चा पदार्थको अभाव हुने, बिल बिजक लिएर सुनचाँदीको कारोबार  गर्दा पनि अनावश्यक दुःख दिइने गरेकाले यस्ता कार्य बन्द गर्नुपर्ने व्यवसायीको माग छ ।महासंघका अध्यष मोहनकुमार सुनारले व्यावसायिक हक, हित र अधिकार संरक्षणका लागि सबै व्यवसायी एकजुट भएर लाग्नुपर्ने बताए ।
 

प्रकाशित: २१ फाल्गुन २०७४ ००:५८ सोमबार

व्यावसायिक वातावरण बनाउन माग