अर्थ

लक्ष्मी सनराइजको ई-कमर्स अक्वायरिङ गेटवे

लक्ष्मी सनराइज बैंकले ‘ई-कमर्स एक्वायरिङ गेट वे’ सेवा सञ्चालनमा ल्याएको छ। नेप्सेअन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराइज पहिलो बैंक भएको छ।

बैंकका अनुसार सो सेवा नेप्से र भिसाको सहायक संस्था साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको हो।

सो सेवाको सञ्चालनपछि लक्ष्मी सनराइज बैंकका व्यपारीले ई-कमर्स प्लेट फर्ममार्फत विश्वव्यापी रूपमा अनलाइन कारोबार गर्न सक्छन्। यसबाट उपभोक्ताले भौतिक उपस्थितिको आवश्यकताबिना छिटो र सहज रूपमा कार्डमार्फत आनलाइन भुक्तानी गर्न सक्छन्।

यस सुविधाले देशको ई-कमर्स कारोबार बढाउने विश्वास बैंकको छ।

प्रकाशित: ७ माघ २०८० ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App