अर्थ

सांग्रिला बैंकका ग्राहकले एपोल अस्पतालमा छुट पाउने

काठमाडौं- साँग्रिला डेभलपमेन्ट बैंकका ग्राहकले भारतको एपोलो हस्पिटलमा उपचार गराउँदा सहुलियत पाउने भएका छन्। मंगलबार अस्पतालका प्रवन्ध निर्देशक अशोक बाजपाई र बैंकका अध्यक्ष प्रा.डा. रवीन्द्र प्रसाद श्रेष्ठले संयुक्तरुपमा सम्झौतापत्रमा हस्ताक्षर गरे।

बैंकका ग्राहक तथा सेवाग्राहीको स्वास्थ उपचारमा सहजता तथा सुलभता प्रदान गर्ने उदेश्यले बैंक र अस्पतालबीच सम्झौता भएको हो। बैंकका ग्रहकले भारतमा एपोलो अस्पतालमा उपचार गराउँदा १० प्रतिशतसम्म सहुलियत प्राप्त गर्ने सहमति भएको छ।  सम्झौतापछि विरामीले भारतमा भिसा कार्डबाट पैसा तिर्दा उपचारमा छुट प्राप्त गर्नेछन्। विरामीको कोठा शुल्कमा १० प्रतिशत, स्वास्थ परीक्षणमा १० प्रतिशत, अन्य परीक्षणमा ५ प्रतिशत र विरामीको साथै जानेले परीक्षण गराउँदा समेत १० प्रतिशत छुट प्राप्त गर्ने अस्पतालका निर्देशक वाचपेईले बताए।

प्रकाशित: १५ फाल्गुन २०७४ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App