अर्थ

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा धौबञ्जा

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा रोशनीमैयाँं धौबञ्जा निर्वाचित भएकी छिन्।

धौबञ्जाको अध्यक्षतामा नयाँं कार्यसमिति सर्वसम्मत भएको हो। संघको दुईदिने ३६ औ साधारणसभा तथा अधिवेशनबाट बरिष्ठ उपाध्यक्षमा कृष्णमुरारी न्यौपाने, उपाध्यक्ष (साधारण) गणेशहरि प्रजापति, उपाध्यक्ष वस्तुगत राजेन्द्रप्रसाद प्रजापति, उपाध्यक्ष एसोसिएट दिनेश गोसाई सर्वसम्मत भएका हुन्।

साथै महासचिब नवीन प्रजापति, सचिन्द्र प्रधानांग र कोषाध्यक्ष विश्वराम दुवाल सर्वसम्मत भएका छन्। सदस्यहरुमा अमरबहादुर मानन्धर, श्रषिकेश श्रेष्ठ, कृतन अवाल, गोकर्ण न्यौपाने, गौतम सुजखू, पृथ्वीभक्त प्रजापति, रञ्जित मारिखू, राजेश त्वानाबासु (राजु), रुकेश रञ्जित, सुरेन्द्र प्रजापति, श्यामप्रसाद मानन्धर, मञ्जु सुवेदी (महिला), सरस्वती कार्की (महिला), गणेशभक्त गोसाई (वस्तुगत), जितेन्द्र खायमली (एसोसिएट) र राजेश त्वानाबासु (एसोसिएट) निर्विरोध निर्वाचित भएका हुन् ।  

प्रकाशित: २९ पुस २०८० ११:१६ आइतबार

भक्तपुर उद्योग वाणिज्य संघ