काठमाडौं– प्रभु बैंकले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका, वडा नम्बर १ मा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
उक्त शाखाको उद्घाटन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले गरेको बैंकले जनाएको छ ।बुधबारदेखि सञ्चालनमा आएको नयाँ शाखाबाट एकडाराका स्थानीयबासी, फर्म, कम्पनी तथा संघ–संस्था लाभान्वित हुने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित: ३ फाल्गुन २०७४ ०१:०८ बिहीबार