अर्थ

मुक्तिनाथ विकास बैंक सम्मानित

मुक्तिनाथ विकास बैंक नेपाल क्लियरिङ हाउसद्वारा सम्मानित भएको छ।नेपाल क्लियरिङ हाउसद्वारा १५ औं वार्षिकउत्सव समारोहको उपलक्ष्यमा बैंकलाई विकास बैंक समूहमा सर्वाधिक विद्युतीय कारोबार गर्ने विधाबाट सम्मानित गरेको छ।  

काठमाडौंमा भएको उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले सो पुरस्कार ग्रहण गरेका छन्।

प्रकाशित: १० पुस २०८० १५:४८ मंगलबार

नेपाल क्लियरिङ हाउस मुक्तिनाथ विकास बैंक सम्मानित