अर्थ

दमकमा ज्योति विकास बैंक

काठमाडौं – झापाको दमकमा ज्योति विकास बैंक सञ्चालनमा आएको छ । नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका निर्देशक विनोदराज आचार्य र दमक नगरपालिका–६ का वडाअध्यक्ष टेकबहादुर थापाले उक्त शाखा उद्घाटन गरेको बैंकले जनाएको छ ।

यस बैंकको निकट भविष्यमा १० वटा नयाँ शाखा सञ्चालनमा ल्याउने लक्ष्य लिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राखी बैंकले निःशुल्क इन्टरनेट बैंकिङ सेवा, मोबाइल बैंकिङ सेवा, लकर सेवा, एटिएम सेवा, ३६५ दिने बैंकिङ सेवाका साथ एबिबिएस सेवासमेत उपलब्ध गराएको बैंकले जनाएको छ । हाल बैंकले ५० वटा शाखा एवं १४ वटा एटिएम मार्फत सेवा उपलव्ध गराउँदै आएको छ ।

प्रकाशित: १७ माघ २०७४ ०१:२३ बुधबार

दमकमा ज्योति विकास बैंक