अर्थ

नाडा अध्यक्षमा चौधरी

करण चौधरी

अटो मोबाइल्स व्यवसायीहरूको छाता संस्था नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा करण चौधरी निर्विरोध अध्यक्ष बन्ने भएका छन्। 

चौधरी समूहका करणलाई सर्वसम्मत अध्यक्ष बनाउन अन्य प्रतिस्पर्धी सहमत भएका छन्। गोल्छा अर्गनाइजेसनका आकाश गोल्छा र प्रकाश कपुरी अध्यक्ष बन्ने दौडमा रहे पनि चौधरीलाई अध्यक्ष बनाउन दुबै सहमत भएका हुन्।  नाडाको साधारणसभा तथा अधिवेशन पुस २० र २१ गते हुँदैछ।

अहिले चौधरी अध्यक्ष बन्ने र दुई वर्षपछिको साधारणसभाबाट गोल्छालाई सर्वसम्मत रूपमा अध्यक्ष बनाउने सहमति भएको छ। चौधरी अघिल्लो साधारणसभाका नाडाको निर्वाचनमा अहिलेका अध्यक्ष धु्रुव थापासँग पराजित भएका थिए। 

प्रकाशित: ४ पुस २०८० ०१:२६ बुधबार

नाडा अध्यक्ष करण चौधरी