अर्थ

क्यान इन्फोटेक आजदेखि

काठमाडौं– सुविसु क्यान इन्फोटेक मेला बिहीवारबाट काठमाडौमा शुरु भएको छ । कम्युटर एसोसिएशन अफ नेपालको आयोजनामा हुँदै आएको इन्फोटेक भृकुटीमण्डपको प्रदर्शनी कक्षमा आगामी १६ गतेसम्म सञ्चालन हुनेछ । यसपालीको इन्फोटेक २४ औं संस्करण हो ।

क्यानका महासचिव रञ्जित पोदारका अनुसार सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उद्घाटन गर्ने यो मेलामा चार लाख जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ। 

प्रदर्शनीका व्यवस्थापक सुबास पौड्यालले मेलामा हार्डवेयर सेल, पावर सोलुशन, मेन्टेनेन्स तथा सफ्टवेयर राखिएको नागरिकन्यूजलाई बताए। 

सफ्टवयर प्रदर्शनीमा विभिन्न किसिमका टेक्नोलोजी सोलुसनका साथ–साथै रोवोटिक्सको समेत ४४ वटा स्टलमा राखिएको छ। प्रदर्शनीमा काठमाडौंका विभिन्न इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले विकास गरेका प्रविधिको पनि राखिएको छ। इन्फोटेकमा प्रदर्शनीहलको भित्र र बाहिर कूल २२२ स्टल राखिएको छ। विहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनी प्रवेशमा विद्यार्थीलाई पचास प्रतिशत छुट दिइएको छ। 

प्रकाशित: ११ माघ २०७४ ०५:४७ बिहीबार

क्यान इन्फोटेक आजदेखि