अर्थ

बुद्धोदय सहकारीको सेयर पुँजी दुई करोड ३१ लाख

बुद्धोदय बचत तथा ऋण सहकारी संस्था विराटनगरको सेयर पूँजी दुई करोड ३१ लाख रूपैयाँ पुगेको छ। संस्थाको १५ औं वार्षिक साधारणसभामा अध्यक्ष राजेन्द्र खनालले सहकारीको सेयर पुँजी दुई करोड ३१ लाख रूपैयाँ रहेको जानकारी दिएका हुन्।

खनालले चालु आर्थिक वर्षभित्रै सहकारीले सेयर पूँजी अढाई करोड पुर्‍याउने लक्ष्य राखेको बताए। आर्थिक वर्ष २०७९–८० को असार मसान्त सम्ममा कोषमा दुई करोड ५६ लाख ७८ हजार दुई सय ३५, निक्षेप नौ करोड ६६ लाख ९४ हजार सात सय ६१, ऋण लगानी ११ करोड १२ लाख ६८ हजार २५ र बैंक तथा नगद मौज्दात दुई करोड १० लाख ५४ हजार पाँच सय नौ रूपैयाँ रहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ।

बुद्धोदय बचत तथा ऋण सहकारीले चालु आर्थिक वर्षभित्रमा बचत निक्षेप १२ करोड र ऋण लगानी १५ करोड पुर्‍याउने लक्ष्य रहेको लेखा समितिका संयोजक अविनाशकुमार निधिले बताए।

सहकारीले वार्षिक साधारणसभाका अवसरमा १५ जना जेष्ठ नागरिक, दुई जना सर्वोत्कृष्ट बचत कर्ता, दुई जना सर्वोकृष्ट उद्यमी र एसइई र उच्च माध्यमिक शिक्षा परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोरा छोरीलाई सम्मान गरेको छ। 

प्रकाशित: २१ मंसिर २०८० ०२:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App